७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाइयो

काठमाडौँ । आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न जिल्लास्तरमा समेत उजुरी प्राप्त भई आवश्यक जाँचबुझ तथा कारबाही प्रक्रिया अघि बढाइएको छ ।

निर्वाचन आचारसंहिता, २०८२  अनुसार ७७ वटै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी र प्रमुख कोष नियन्त्रकलाई आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।

आयोगले सरोकारवालालाई आचारसंहिताबारे जानकारी गराउने र पालना गराउने कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेको जनाएको छ ।

प्रकाशित: सोमबार, फाल्गुण ०४, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय