काठमाडौँ । हङ्गेरीमा आकर्षक तलबको रोजगारी मिलाइदिने आश्वासन दिँदै रकम ठगी गरेको आरोपमा महेश तामाङ पक्राउ परेका छन्।
दोलखा घर भएका तामाङ हाल गोकर्णेश्वर–८ मा बस्दै आएका थिए।
पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई काठमाडौँ महानगरपालिका–१२ बाट नियन्त्रणमा लिएको हो। उनले एक व्यक्तिबाट तीन लाख रुपैयाँ लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
उनलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन वैदेशिक रोजगार विभागमा पठाइएको छ।


