चितवनमा सडक दुर्घटनामा एकको मृत्यु, चार घाइते

काठमाडौँ । आज बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अटोरिक्सामा सवार माडी नगरपालिका–७ का ४४ वर्षीय मीनबहादुर खत्रीको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

गीतानगरबाट भरतपुरतर्फ आइरहेको अटोरिक्सालाई स्कारपियोले ठक्कर दिएको हो । दुर्घटनामा चार जना घाइते भएका छन् । घाइते सबैको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित: बिहिबार, माघ २९, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय