रामेछाप बस दुर्घटना: पीडित परिवारद्वारा यातायात बन्द

काठमाडौँ । बस दुर्घटनामा १२ जनाको ज्यान गएको घटनापछि रामेछापमा पीडित परिवारले आन्दोलन थालेका छन्। उनीहरूले माग पूरा नभएसम्म मृतकको शव नबुझ्ने अडान लिएका छन्।

आन्दोलनका कारण जिल्लाभर यातायात सेवा ठप्प बनेको छ। यसले दैनिक जनजीवन तथा यात्रु आवागमनमा समस्या उत्पन्न भएको छ।

जिल्ला प्रशासन कार्यालयले भने संवादमार्फत समस्या समाधान गर्ने प्रयास भइरहेको जनाएको छ।

प्रकाशित: बुधबार, माघ २८, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय