प्रतिनिधिसभा निर्वाचन: डेढ करोडभन्दा बढी मतपत्र छापियो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार हालसम्म एक करोड ५० लाखभन्दा बढी मतपत्र छापिसकिएको छ।

मङ्गलबारसम्म ४७ जिल्लाको मतपत्र छपाइ सकिएकोमा आज थप छ जिल्लाको छपाइ सम्पन्न भएको हो। ती जिल्लाका मतपत्र प्याकिङसमेत भइसकेको छ। हालसम्म १३ हजार ३२१ बाकस मतपत्र प्याकिङ गरिएको छ भने दैनिक करिब एक हजार बाकस प्याकिङ र १३–१५ लाख मतपत्र छपाइ भइरहेको आयोगले जनाएको छ।

 

प्रकाशित: बुधबार, माघ २८, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय