काठमाडौँ । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको कार्यक्रममा निर्वाचन आचारसंहिता उल्लंघन नहुने गरी सचेत रहन निर्देशन दिएको छ।
रास्वपाले आज जिल्लामा ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ आयोजना गर्ने सूचना पाएपछि प्रशासनले सोहीअनुसार सूचना जारी गर्दै आवश्यक निर्देशन दिएको हो।



