राष्ट्रियसभाबाट ‘सामाजिक सञ्जाल विधेयक २०८१’ सर्वसम्मतिले फिर्ता

काठमाडौँ । राष्ट्रियसभा बैठकले ‘सामाजिक सञ्जाल विधेयक २०८१’ फिर्ता गर्ने निर्णय गरेको छ। आज बसेको बैठकले विधेयक फिर्ता गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेसँगै उक्त विधेयक औपचारिक रूपमा फिर्ता भएको हो।

बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल सिन्हाले पेस गर्नुभएको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो।

गत माघ २३ गते विधेयक फिर्ता गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा दर्ता गरिएको थियो। उक्त विधेयक गत वर्ष माघ २७ गते तत्कालीन केपी ओली नेतृत्वको सरकारले राष्ट्रियसभामा पेस गरेको थियो।

प्रकाशित: सोमबार, माघ २६, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय