फागुन २१ को निर्वाचन: ९ सामग्री केन्द्रबाट, ३७ सामग्री जिल्लामै व्यवस्थापन

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाटै पठाउने भएको छ।

आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाट पठाइनेछ भने ३७ प्रकारका सामग्री जिल्लामै व्यवस्थापन गरिने गरी तयारी गरिएको छ।

केन्द्रबाट प्रत्येक निर्वाचन क्षेत्रमा पठाइने सामग्रीमा तालिम तथा मतदान केन्द्रका लागि सुरक्षणशील, छेकाबारा, नउड्ने मसीको मार्कर, स्ट्याम्प प्याड, प्याडको मसी, दुई प्रकारका स्वस्तिक छाप र मतपेटिका स्टीकर रहेका छन्।

प्रकाशित: आइतबार, माघ २५, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय