काठमाडौँ । काठमाडौँ उपत्यकामा आज वायु प्रदूषण अस्वस्थ तहमा पुगेको छ। एक्युआई सूचकाङ्कअनुसार मध्याह्नसम्म काठमाडौँको वायु प्रदूषण १७५ एक्युआई पुगेको छ।
यससँगै काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौँ स्थानमा सूचीकृत भएको छ। वातावरण विभागका अनुसार मौसम सुक्खा रहनु, हावा नचल्नु तथा उद्योग र निर्माण गतिविधिले प्रदूषण बढाएको हो।
पानी नपरेसम्म प्रदूषण अझ बढ्न सक्ने विभागले चेतावनी दिएको छ।


