काठमाडाैं । टी-२० विश्वकपअघि भएको अभ्यास खेलमा नेपालले क्यानडाविरुद्ध ६ विकेटको रोमाञ्चक जीत हासिल गरेको छ।
बिहीबार भारतको चेन्नाइमा सम्पन्न खेलमा नेपालले १८औँ ओभरमा चार विकेट गुमाएर १६२ रनको लक्ष्य पूरा गरेको हो।
नेपालका लागि ओपनर आशिफ शेखले ५८ रन बनाएका थिए भने सन्दिप जोरा ४४ रन र गुलशन झा ३१ रनले योगदान दिए। कुशल भुर्तेलले १२ रन र दीपेन्द्र सिंह ऐरीले ९ रन बनाएका थिए।


