काठमाडौँ । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहमा सहभागी भई राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्कनुभएको छ।
जापान भ्रमणका क्रममा उहाँले टोकियोमा आयोजित विशेष स्वागत समारोहलाई सम्बोधन गर्नुभएको थियो।
त्यसैगरी, राष्ट्रपति पौडेलले टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्नुभएको थियो।


