काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमासम्बन्धी देखिएका समस्या सरकारले आवश्यक स्रोत जुटाएर समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री कार्यालयमा आज आयोजित छलफलमा उहाँले आर्थिक अभावका कारण सेवा बन्द हुन नदिइने स्पष्ट पार्दै एकद्वार प्रणाली, बलियो नियमन र तत्काल स्रोत व्यवस्थापन सरकारको प्राथमिकता रहेको बताउनुभयो।
ऋण लिएर भए पनि वा अन्य विकल्पमार्फत स्वास्थ्य बिमा सेवा निरन्तर गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री कार्कीले सेवा नपाए जनताले सरकारसँग प्रश्न उठाउने चेतावनी दिनुभयो।


