मिथ्या सूचना नियन्त्रणका लागि निर्वाचन आयोग र टिकटकको सहकार्य

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वासयोग्य बनाउन निर्वाचन आयोगले सामाजिक सञ्जाल टिकटकसँग समझदारी गरेको छ।

समझदारीपत्र आदानप्रदान कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सामाजिक सञ्जालमार्फत फैलन सक्ने भ्रामक सूचना तथा हानिकारक सामग्री नियन्त्रणका लागि यो सहकार्य महत्वपूर्ण हुने बताए।

टिकटकले निःशुल्क रूपमा निर्वाचनसम्बन्धी दुरुपयोग रोक्न सहयोग गर्न लागेकामा उनले धन्यवाद व्यक्त गरे।

प्रकाशित: बुधबार, माघ २१, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय