काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा ४१ उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।
यस क्षेत्रबाट दुई पूर्वमन्त्री, दुई बागी उम्मेदवार, जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुरकी छोरी, साथै जेनजी आन्दोलनपश्चात् परिवर्तनको नारा बोकेर आएका राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीका युवा उम्मेदवारहरू गरी कुल ४१ जना चुनावी मैदानमा उत्रिएका हुन्।
यसअघि २०७५ र २०७९ को निर्वाचनमा लगातार दुईपटक निर्वाचित तत्कालीन लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले यसपटक आफ्नी छोरी मिनाक्षी ठाकुरलाई उम्मेदवार बनाएका छन्। मिनाक्षीले सक्रिय रूपमा घरदैलो अभियान सञ्चालन गरिरहेकी छन्।


