काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रतिनिधिहरू खटाएको छ।
उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिले प्रदेशगत रूपमा विभिन्न जिल्लाको जिम्मेवारी तोक्दै नेताहरू खटाएको हो।
जिम्मेवारी पाउने नेताहरूमा केन्द्रीय सदस्य, पूर्वपदाधिकारी तथा निवर्तमान केन्द्रीय सदस्यहरू रहेका छन्।
कांग्रेसका अनुसार जिम्मेवारी पाएका नेताहरू अबको एक महिनासम्म सम्बन्धित जिल्लामा रहेर निर्वाचन परिचालनको काम गर्नेछन्।


