मौसम प्रतिकूल भए हिमाली क्षेत्रमा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मौसम प्रतिकूल भएमा हिमाली क्षेत्रमा दोस्रो चरणमा निर्वाचन गराइने बताउनुभएको छ।

नवलपरासीको कावासोती नगरपालिका–१ हात्तिखोरमा राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी भई फर्कने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले हिमाली जिल्लामा मौसम अनुकूल नभए दोस्रो चरणमा निर्वाचन गराउने विकल्पमा सरकार सोच्न सक्ने जानकारी दिनुभयो।

उहाँले कम मतदाता भएका स्थानमा सवारीसाधन प्रयोग गरेर भए पनि मतदान सम्पन्न गराइने उल्लेख गर्दै कुनै पनि कारणले अहिलेसम्म निर्वाचन सार्ने विषय प्रवेश नपाएकाले सबैलाई ढुक्क भएर फागुन २१ गतेको निर्वाचनमा जुट्न आग्रह गर्नुभयो।

 

प्रकाशित: मंगलबार, माघ २०, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय