काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले युवाहरू राष्ट्रका वर्तमान मात्र नभई भविष्यका मार्गदर्शक पनि भएको उल्लेख गर्नुभएको छ।
एनसीसी सिनियर डिभिजन तालिमको दीक्षान्त समारोहमा बोल्दै उहाँले यहाँ सिकेको अनुशासन, नेतृत्व र राष्ट्रप्रेमलाई जीवनमा लागू गर्न आग्रह गर्नुभयो।
विपद् र संकटका बेला युवाले समाजको भरोसा बनेर अग्रपंक्तिमा उभिनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो। सरकार युवाको चौतर्फी विकासमा प्रतिबद्ध रहेको भन्दै राष्ट्रिय सेवा दलको तालिम अझ विस्तार गरिने जानकारी पनि उहाँले दिनुभयो।


