आज सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँले बढेर २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँमा रहेको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। प्रतितोला १३५ रुपैयाँले वृद्धि भई ५ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोला ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: मंगलबार, माघ २०, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय