सरकार कुनै दलको प्रभावमा छैन : प्रधानमन्त्री कार्कीको स्पष्टोक्ति

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले केही मन्त्रीले पदबाट राजीनामा दिएर निर्वाचनमा सहभागी भएकै आधारमा सरकारमाथि कुनै दलको प्रभाव रहेको आरोप असत्य भएको स्पष्ट गर्नुभएको छ।

राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै उहाँले सरकार कसैको दबाब वा प्रभावमा नरहेको दाबी गर्नुभयो।

प्रधानमन्त्री कार्कीले मन्त्रीहरूले इमानदार रूपमा काम गरी राजीनामा दिएपछि निर्वाचनमा जानु स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै त्यसलाई बेइमानी भन्न नमिल्ने बताउनुभयो। “म स्वयं पनि कुनै राजनीतिक व्यक्ति होइन,” उहाँले भन्नुभयो, “त्यसैले सरकार कुनै दलको प्रभावमा छ भन्ने टिप्पणीको कुनै अर्थ छैन।”

उहाँले वर्तमान सरकार जेनजी आन्दोलनको पृष्ठभूमिमा बनेको अन्तरिम सरकार भएको र यसको मुख्य लक्ष्य तोकिएको समयमा स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्नु रहेको स्पष्ट गर्नुभयो।

प्रकाशित: सोमबार, माघ १९, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय