काभ्रे । नेपाल सोतोकान कराँते डो संघ काभ्रे पाँचखाल नगरको आयोजनामा तेस्रो पाँचखाल नगर स्तरिय मेयरकप कराँते प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिता पाँचखाल नगरपालिकाको सहयोग तथा समन्वयमा आयोजना गरिएको हो।
कार्यक्रमको उद्घाटन पाँचखाल नगरपालिकाका प्रवक्ता एवं वडा न ८ का वडाअध्यक्ष संजय तामाङ ले गर्नुभएको थियो। उद्घाटन समारोहमा बोल्दै प्रवक्ता ले खेलकुदले अनुशासन, आत्मविश्वास र स्वास्थ्यको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै नगरपालिकाले आगामी दिनमा पनि खेलकुद गतिविधिलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रतियोगितामा नगरपालिका आसपासका विभिन्न क्लब तथा डोजोबाट बालक, बालिका, किशोर खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विभिन्न उमेर समूह र तौल समूहमा काता र कुमिताका प्रतिस्पर्धा सञ्चालन गरिएको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा टिमहरूलाई पदक, प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको थियो। समापन समारोहमा नेपाल सोतोकान कराँते–डो संघ काभ्रेका पदाधिकारी, प्रशिक्षक, निर्णायक, अभिभावक तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो। संघका अध्यक्ष विशाल घिमिरे ले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने पाँचखाल नगरपालिका, प्रायोजक, प्रशिक्षक, खेलाडी तथा स्वयंसेवकप्रति धन्यवाद व्यक्त गर्दै यस्ता प्रतियोगिताले स्थानीय स्तरमा कराँते खेलको विकास र नयाँ प्रतिभा पहिचानमा सहयोग पुग्ने बताउनुभयो।
कार्यक्रम शान्तिपूर्ण र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजक संस्था का उपाध्यक्ष मोहन वहादुर गजुरेल ले जनाएका छन। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्रि तथा प्रशिक्षकहरू गणेश दनुवार,रामणि काफ्ले ,राजु दनुवार,धिरज जाेशि,प्रिति वहादुर रावल लगाएतले निर्णायक भुमिका र खेल ब्यवस्थापन गर्नु भएको थियो । विभिन्न उमेर समूह र तौल समूहमा काता र कुमिताका सहभागी तथा विजेताहरू महिला तर्फ२० केजि निस्मा दनुवार,द्वितिय आरूसि दनुवार,तेस्रो अनुका तामाङ ,२५ केजि तर्फ रञ्जुमाया तामाङ ,विनिशा तामाङ ३५ केजि अमिना तामाङ ,४० केजि प्रथम सोनिया तामाङ ,द्वितिय विनुस्का तामाङ ,४५ केजि मञ्जु तामाङ ,झरना केसि,५५ केजि प्रथम वर्षा के. सी. ,द्वितिय चाहना मगर पुरूष २० केजि सन्देश तामाङ २५ केजि एलेक्स तामाङ ,३० केजि अनिश तामाङ ,३५ केजि संगम राना मगर ४० केजि भिक्टर घिमिरे ,५० केजि युनियन पौडेल,५५ केजि वविन लामा प्रथम र संजय पहरि द्वितिय भएका थिए,खुल्ला तौलमा आयुष तामाङ विजेता भएका थिए ।

























