नयाँ राष्ट्रिय शक्तिको आवश्यकता पूरा गर्न कम्युनिष्ट एकता अगाडि बढाइयो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राष्ट्रिय शक्तिको आवश्यकता महसुस भएकै कारण कम्युनिष्ट पार्टीहरूबीच एकता अघि बढाइएको बताएका छन्।

सोलु–काठमाडौँ सम्पर्क समन्वय समितिले आयोजना गरेको ‘निर्वाचन विशेष तथा बृहत् भेला’लाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधीनताको रक्षा र वैदेशिक षड्यन्त्र परास्त गर्ने उद्देश्यसहित नेपाली कम्युनिष्ट पार्टी निर्माण गरिएको बताए। विभिन्न कम्युनिष्ट तथा समाजवादी शक्तिहरूलाई एकताबद्ध गर्दै राष्ट्रिय शक्ति निर्माण गर्ने र निर्वाचनमार्फत जनअपेक्षा पूरा गर्ने सङ्कल्पका साथ पार्टी एकता गरिएको उनको भनाइ थियो। साथै, उनले असाधारण परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे।

प्रकाशित: शनिबार, माघ १७, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय