स्थानीय बजारमा सुनको मूल्य तीन लाख नजिक, चाँदी पनि उच्च दरमा स्थिर

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य उच्च स्तरमा कायम रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज एक तोला छापावाल सुनको मूल्य रु ३,००,३०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मूल्य रु ६,८७० रहेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार, आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ५,०७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ। त्यस्तै, सेतो धातु अर्थात् चाँदीको मूल्य १०९ अमेरिकी डलरमा स्थिर रहेको छ।

विशेषज्ञहरूले सुन–चाँदीको मूल्यमा स्थिरता र उच्च कारोबारलाई अन्तर्राष्ट्रिय बजार र विदेशी मुद्रा उतार–चढावसँग जोडेर हेरेका छन्।

प्रकाशित: मंगलबार, माघ १३, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय