निजी जग्गामा भवन निर्माण गर्न अब रोक नहुने, महानगरपालिकाको स्पष्टोक्ति

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नदीको दायाँबायाँ क्षेत्रमा भवन निर्माणका लागि लगाइएको रोक्का फुकुवा गरेको छ।

बिहीबार सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले सर्वोच्च अदालतको आदेशअनुसार अब कुनै पनि व्यक्तिको निजी जग्गामा भवन निर्माणको अनुमति रोक नलगाइने जानकारी दिएको हो।

महानगरपालिकाका अनुसार सम्मानित सर्वोच्च अदालतको संयुक्त इजलासले २०८२ माघ ४ गते दिएको आदेशका आधारमा निजी जग्गामा भवन निर्माण गर्न दिइनेछ भने निर्माणाधीन संरचनामा समेत लगाइएको रोक्का हटाइनेछ।

यस सम्बन्धमा सबै सम्बन्धित सरोकारवालालाई सार्वजनिक सूचनामार्फत जानकारी गराइएको महानगरपालिकाले जनाएको छ।

प्रकाशित: बिहिबार, माघ ०८, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय