माघ ६ को मनोनयनपछि उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीअन्तर्गत देशभरका १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

केही निर्वाचन क्षेत्रमा एउटै राजनीतिक दलबाट दुई उम्मेदवारी दर्ता भएको अवस्थालाई रुजु गर्ने क्रममा प्रारम्भिक सूचीमा सामान्य संशोधन गरिएको आयोगले जनाएको छ। यही माघ ६ गते देशभर एकैसाथ मनोनयनपत्र दर्ता प्रक्रिया सम्पन्न भएको थियो।

दर्ता भएका कुल उम्मेदवारमध्ये तीन हजार ८९ जना पुरुष, ३९६ जना महिला र एक जना तेस्रो लिङ्गी उम्मेदवार रहेका छन्।

निर्वाचन आयोगका अनुसार दर्ता भएका उम्मेदवारको योग्यतासम्बन्धी प्रश्न वा उजुरी भएमा आज आयोगमा उजुरी दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।

 

प्रकाशित: बुधबार, माघ ०७, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय