भ्यान दुर्घटना हुँदा ३ जना घाइते

काठमाडौँ । दोलखाको खरिढुङ्गामा ईभी भ्यान दुर्घटना हुँदा तीन जना यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार लामोसाँघु–जिरी सडक खण्डअन्तर्गत भीमेश्वर नगरपालिका–९ आहालडाँडामा बागमती प्रदेश ०६–००१ ज ०२८८ नम्बरको ईभी भ्यान दुर्घटनामा परेको हो ।

काठमाडौँबाट चरिकोटतर्फ जाँदै गरेको भ्यान तुसारोका कारण सडक चिप्लिएर दुर्घटना हुँदा भीमेश्वर नगरपालिका–६ निवासी ६२ वर्षीय हरीबहादुर ठकुरी, उनकी ६१ वर्षीया श्रीमती निर्मला ठकुरी तथा रामेछाप गोकुलगंगा गाउँपालिका–२ निवासी ४५ वर्षीया रेखा नेपाली घाइते भएका छन् ।

घाइतेहरूको चरिकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भ्यान चालक रामेछाप मन्थली नगरपालिका–१२ गेलुका २७ वर्षीय रविन्द्र बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका समयमा भ्यानमा चालकसहित छ जना सवार थिए ।

प्रकाशित: शुक्रबार, माघ ०२, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय