आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

काठमाडौँ । आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ।

विसं १७७९ मा जन्मिनुभएका शाहको योगदानको स्मरण गर्दै आज मुलुकभर श्रद्धाञ्जलि तथा सम्मानका कार्यक्रम आयोजना गरिएका छन्। आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहप्रति सम्मान व्यक्त गर्न सधैँझैँ आज पनि सिंहदरबार पश्चिम ढोकाअगाडि रहेको उहाँको सालिकमा पुष्पहार अर्पण गरिएको छ। पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चियापान समारोहसमेत आयोजना गरेको छ।

नेपाली सेनाले पनि यस अवसरमा सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा रहेको राष्ट्रनिर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गरेको छ। तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले सामाजिक, आर्थिक तथा भौगोलिक चुनौतीका बीच जनताको सहयोग र सहभागितामा छरिएर रहेका बाइसे–चौबीसे राज्यलाई एकीकृत गर्नुभएको थियो। विसं १८३१ मा उहाँको ५२ वर्षको उमेरमा निधन भएको थियो।

प्रकाशित: आइतबार, पौष २७, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय