काठमाडौँ । रुपन्देहीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
प्रहरीका अनुसार आज दिउँसो तिलोत्तमा नगरपालिका–२ स्थित तपाहा लाइनको सडकमा लु६१प ५८७८ र लु६८प ५२३६ नम्बरका मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा लु६८प ५२३६ नम्बरको मोटरसाइकल चालक सैनामैना नगरपालिका–१ सादभोद्रका २८ वर्षीय जीवन चौधरी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि चौराहा अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा लु६१प ५८७८ नम्बरको मोटरसाइकलमा सवार दुई जना र लु६८प ५२३६ नम्बरको मोटरसाइकलमा सवार एक जना घाइते भएका छन्। घाइते तीनै जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।


