काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस र एमाले नजिकिँदै गएपछि सरकार र केही विदेशी शक्तिहरू निर्वाचन सार्ने षड्यन्त्रमा लागेको बताएका छन्।
आज एमालेको पार्टी कार्यालय च्यासलमा जारी सचिवालय बैठकमा अध्यक्ष ओलीले ब्रिफिङ गर्दै भने, “देशमा तत्काल निर्वाचनको वातावरण अझै तयार भएको छैन। एमाले र कांग्रेस नजिकिँदै गएपछि सरकार र केही विदेशी शक्तिहरू निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गरेर गराउने षड्यन्त्र गर्दैछन्।”
त्यसैगरी, ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई धम्की दिने र संसद पुनर्स्थापना हुन नदिने प्रयास भइरहेको आरोप पनि लगाए। उनले नेपालको अस्तित्व र राष्ट्रिय अखण्डता जोगाउने कार्य चुनौतीपूर्ण बन्दै गएको बताएका छन्।


