नेप्से परिसूचक ९.९३ अंकले वृद्धि

काठमाडौँ । आज सेयर बजारको परिसूचक नेप्से ९.९३ अंकले बढेर २,६४९ अंकमा पुगेको छ। आजको बजार केही उतारचढावमा रह्यो। कारोबार सुरु भएको केही समयपछि नेप्से ११:५७ बजे २,६६२ अंकसम्म पुगेको थियो, तर त्यसपछि सो अंकभन्दा माथि जान सकेन।

कारोबार रकममा पनि वृद्धि भएको छ। अघिल्लो दिन ६ अर्ब ४७ करोडको कारोबार भएकोमा आज यो रकम ७ अर्ब १२ करोड पुगेको छ, जुन एक महिनाको सबैभन्दा उच्च हो। कुल १४८ कम्पनीको मूल्य बढ्दा १०३ कम्पनीको मूल्य घट्यो, भने ८ कम्पनीको मूल्य स्थिर रह्यो।

आज फाइनान्स समूहमा कारोबारीको विशेष आकर्षण देखिएको छ, जसले सबैभन्दा बढी २.८७ प्रतिशत वृद्धि गरेको छ। उत्पादन तथा प्रशोधन समूह भने ०.५१ प्रतिशतले घट्यो, जबकि होटल र पर्यटन समूह ०.२३ प्रतिशतले घट्यो।

बैंकिङ ०.४३%, विकास बैंक ०.७९%, हाइड्रोपावर ०.१३%, लगानी ०.३२%, जीवन बीमा ०.०४%, माइक्रोफाइनान्स ०.८४%, निर्जीवन बीमा ०.१२%, अन्य ०.७७% र व्यापार ०.५४% ले वृद्धि देखाए।

जीवन विकास लघुवित्तको मूल्य १० प्रतिशतले वृद्धि भएको छ। थ्रीस्टार हाइड्रोपावरको मूल्य ९.५४%, जानाकी फाइनान्सको ५.८३%, गुडविल फाइनान्सको ५.४६% र एसवाई प्यानलको ५.४३% वृद्धि भएको छ।

त्यसैगरी, रुरु जलविद्युतको मूल्य सबैभन्दा बढी ८.४१% घटेको छ। ट्रेड टावरको मूल्य ६.२६%, सान्भी इनर्जीको ५.६१%, बन्दीपुर केबुलकारको ५.४२% र श्रीनगर एग्रिटेक कम्पनीको ५.१६% घटेको छ।

प्रकाशित: मंगलबार, पौष २२, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय