मेयर बालेन शाहले जेनजी आन्दोलनबारे जाँचबुझ आयोगलाई लिखित जवाफ पठाए

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनबारे जाँचबुझ आयोगलाई लिखित जवाफ पठाएका छन्।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे बुझ्नका लागि आयोगले मेयर शाहलाई लिखित पत्र पठाएको थियो। आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार, मेयर शाहले उक्त पत्रको जवाफ पठाएका हुन् र जवाफ आयोगमा प्राप्त भएको जानकारी दिएका छन्।

आयोगले बयान संकलन गरेपछि अब प्रतिवेदन लेख्ने प्रक्रिया अघि बढाएको छ। यसअघि आयोगले गृहमन्त्री रमेश लेखकको लिखित वक्तव्य र बयान पनि लिएको थियो। साथै, आयोगले जेनजी आन्दोलनसँग सम्बन्धित विवरण र अन्य तथ्यांकहरू पनि संकलन गरेको थियो।

प्रकाशित: मंगलबार, पौष २२, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय