गोंगबुबाट लागुऔषधसहित दुईजना पक्राउ

काठमाडौँ । प्रहरीले गएराति टोखा नगरपालिका–९ गोंगबुस्थित दीपसागर होटलबाट लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–११ का २६ वर्षीय महेन्द्र तामाङ र बागलुङको ढोरपाटन नगरपालिकाकी २२ वर्षीया निरूता अदेही मगर रहेका छन्। उनीहरूसँग छ ग्राम ४४० मिलिग्राम खैरो हेरोइन बरामद भएको हो।

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले होटलको ५१५ नम्बरको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिएको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ।

यसैबीच, देशका विभिन्न स्थानबाट लागुऔषधसहित २५ जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। झापा, दाङ, सुनसरी, मोरङ, रूपन्देही, सिराहा, कैलालीलगायत जिल्लाबाट उनीहरू पक्राउ परेका छन्।

प्रकाशित: मंगलबार, पौष २२, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय