काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सन र प्रधानमन्त्री सुशीला कार्कीबीच बिदाइ भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो। प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकालमा नेपाल–अमेरिका सम्बन्धलाई सुदृढ बनाउन राजदूत थम्प्सनले खेलेको भूमिका प्रति धन्यवाद व्यक्त गरे।
यस अवसरमा राजदूत थम्प्सनले आगामी दिनमा नेपाल र अमेरिकाबीचको सम्बन्ध अझ प्रगाढ हुने र अमेरिकाले नेपाललाई दिँदै आएको सहयोग निरन्तर जारी रहने विश्वास व्यक्त गरेका छन्।


