काठमाडौँ । जिल्ला प्रहरी कार्यालयले श्रृङ्खलाबद्ध हत्यामा संलग्न चार युवालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
गत असोजमा चार्खुमा ५२ वर्षीया एकल महिला रत्नकुमारी कटवालको हत्या र यही पुसमा भदौरेमा ६० वर्षीय शोभितमान थापा मगर र उनकी श्रीमती रत्नमाया थापामगरको हत्या हुने घटनामा उनीहरू संलग्न भएको आरोप लागेको छ। पक्राउ पर्नेमा चिशङ्खुगढी–३, दियालेका २८ वर्षीय सङ्गम राई, सोई–४, रातमाटेका ३० वर्षीय विनोद राई, रातमाटेका ३० वर्षीय प्रकाश भुजेल र सोई–८, माम्खाका ३० वर्षीय अशोक भुजेल रहेका छन्।
हत्या घटनामा संलग्न व्यक्तिहरूले नगद र गहना लुटेर फरार भएको बताइएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, कोशी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।


