रास्वपा र थारुवान अभियन्ताबीच ९ बुँदे राजनीतिक सम्झौता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा), नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व तथा थरुहट/थारुवान अभियन्ताहरूबीच बृहत् राजनीतिक समायोजनमा सहमति भएको छ।

काठमाडौँस्थित राष्ट्रिय सभागृहमा आज आयोजित सभामा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल, थरुहट/थारुवान अभियन्ता लक्ष्मण थारु, नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित तथा थरुहट/थारुवान अभियन्ता सुरेन्द्र चौधरीले समायोजनसम्बन्धी दस्तावेजमा हस्ताक्षर गरेका हुन्।

उनीहरूबीच कुल ९ बुँदे सहमति भएको जनाइएको छ, जसले आगामी राजनीतिक सहकार्य र एकीकरणको आधार तयार गरेको छ।

प्रकाशित: सोमबार, पौष २१, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय