भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा १३ करोड ३५ लाख रुपैयाँ सङ्कलन

काठमाडौँ । गत भदौ २३ र २४ का जेनजी प्रदर्शनमा भएको आगजनी र तोडफोडबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’मा हालसम्म कुल रू १३ करोड ३५ लाख ६५ हजार जम्मा भएको छ।

अर्थ मन्त्रालयका अनुसार यो रकम आज बिहानसम्म जम्मा भएको हो। कोषमा आज मात्रै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रू १ करोड १ लाख सहयोग गरेको मन्त्रालयले जनाएको छ।

यसअघि गत हप्ता मेटलाइफ नेपालले रू २५ लाख र दि ओरिएण्टल इन्स्योरेन्सले रू २० लाख सहयोग गरेका थिए।

प्रकाशित: सोमबार, पौष २१, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय