केपी ओलीमाथि लगाइएको स्थानहद फुकुवा

काठमाडौँ । भाद्र २३ र २४ का घटनासँग सम्बन्धित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको स्थानहद फुकुवा गर्ने निर्णय गरेको छ।

आयोगको आजको बैठकले ओलीमाथि लगाइएको विदेश भ्रमण रोक र काठमाडौं उपत्यका छाड्न नपाउने पूर्वनिर्णय फुकुवा गरेको हो।

आयोगले ती घटनाको अनुसन्धानका क्रममा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा ओलीले गरेका कामकारबाहीबारे सोधपुछ र आवश्यक जानकारी संकलनको प्रक्रिया पूरा भइसकेको जनाएको छ। सोधपुछ प्रक्रिया सकिएकाले उनीमाथि लगाइएको प्रतिबन्धको औचित्य अब छैन भनी ठहर गर्दै आयोगले फुकुवा गर्ने निर्णय गरेको आयोगका सदस्य तथा प्रवक्ता विज्ञान राज शर्माले जानकारी दिएका छन्।

प्रकाशित: सोमबार, पौष २१, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय