आखिर म पनि निर्वाचनमा उठ्ने नै भएँ : दीपकराज गिरी

काठमाडौँ । फिल्म निर्माता र अभिनेता दीपकराज गिरीले फेसबुकमा एक सांकेतिक स्टाटस पोस्ट गर्दै आगामी निर्वाचनमा उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका छन्।

उनले लेखेका छन्, “आखिर म पनि निर्वाचनमा उठ्ने नै भएँ।” गिरीले आफ्नो राजनीतिक पृष्ठभूमिको बारेमा बताउँदै भने, “समयक्रममा धेरैले मलाई कांग्रेस, एमाले, राजावादी र माओवादी भएको बताएका छन्, र हालका दिनहरूमा धेरैले मलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्य ठान्ने गरेका छन्।”

उनले आगामी फागुनमा छायांकन सुरु हुन लागेको फिल्मको बारेमा उल्लेख गर्दै भने, “यस फिल्ममा म अन्यायविरुद्ध निर्वाचनमा होमिएको उम्मेदवारको भूमिकामा अभिनय गर्दैछु। म उठ्ने त्यही भूमिकामा हो।”

तथापि, गिरीले तत्काल राजनीतिमा लाग्ने सम्भावनालाई खण्डन गर्दै फिल्ममा नै निरन्तरता दिने बताएका छन्। “मैले जानेको यो नै हो, जे जान्दछु, त्यसैलाई अघि बढाउने छु,” उनले लेखेका छन्।

फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावमा गिरीले परिवर्तनकारी पक्षलाई समर्थन गर्ने कुरा पनि खुलासा गरेका छन्। “समर्थनको कुरा गर्दा, यो पल्ट मेरो समर्थन परिवर्तनकारी पक्ष तिर नै रहनेछ! सबैको जय होस्,” उनले लेखेका छन्।

प्रकाशित: बुधबार, पौष १६, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय