NCMT कलेजको तेस्रो फुटसल प्रतियोगिता सम्पन्न 

काठमाडौँ । नेसनल कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्निकल साईन्स (NCMT) कलेज, सामाखुसीको आयोजनामा विद्यार्थीहरूबीच आपसी सद्भाव, खेल भावना र शारीरिक तन्दुरुस्ती अभिवृद्धि गर्ने उद्देश्यले पौष १३ गते देखि १५ गतेसम्म फुटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

गोंगवमा रहेको मनाङ फुटसल मैदानमा आयोजित उक्त प्रतियोगितामा विभिन्न संकाय तथा कलेजका २१ वटा विद्यार्थी टोलीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतिस्पर्धात्मक तर मैत्रीपूर्ण वातावरणमा सम्पन्न खेलहरूमा विद्यार्थीहरूले उच्च खेल कौशल, अनुशासन र टिमवर्कको उत्कृष्ट प्रदर्शन गरे।

प्रतियोगिताको फाइनल खेल निकै रोमाञ्चक बनेको थियो, जहाँ कडा प्रतिस्पर्धापछि विजेता टोली घोषित गरिएको थियो।

सहभागी कलेज तथा टिम

1) NCMT College (A)

2) NCMT College (B)

3)Saraswoti Multiple Campus

4)Thames International College

5)Texas college

6) Children’s Model High School

7) Phoenix college (A)

8) Phoenix College (B)

9) Bluebird College10) Bridgewate College

11) AITM College

12) Urbana college

13) Nathm College

14) Apex College

15) ISMT College

16) SAIM college

17)Techspire College

18) Maharshi College

19) Kathmandu Business Campus

20)KFA college

21) VS college रहेकोमा

विजेता सरस्वती मल्टिपल क्याम्पस तथा उपविजेता दोस्रो थेम्स कलेज ,तेस्रो टेक्सास कलेज भएका थिए । पुरस्कार राशि १ लाख प्रथम,५० हजार दोस्रो र २५ हजार तेस्रो हुने टोलीलाई कलेज प्रशासनका तर्फबाट प्रिन्सिपल डा. अरूण ठाकुर र भाईस प्रिन्सिपल

बिकास विडारिले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा कलेजका प्राचार्य, शिक्षक तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कलेज प्रशासनले यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै आगामी दिनमा पनि यस्ता खेलकुद तथा सिर्जनात्मक कार्यक्रमहरू निरन्तर आयोजना गरिने जानकारी दिएको छ।

प्रकाशित: मंगलबार, पौष १५, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय