ठमेलको क्यासिनो वाल्डो डाइनेस्टीका अध्यक्ष पक्राउ

काठमाडौँ । काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसरका अनुसार चिनियाँ नागरिक च्यान मिन चिङलाई शुक्रबार राति पक्राउ गरिएको हो। इभेन्टको नाममा क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई प्रविधिको दुरुपयोग गर्दै ठूला हार–जित गराउने गतिविधिमा संलग्न रहेको खुलेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: आइतबार, पौष १३, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय