चिसो मौसमको प्रभावः महोत्तरीका विद्यालयमा दुई–तीन दिन बिदा

काठमाडौ । अत्यधिक जाडो बढेपछि महोत्तरी जिल्लाका १५ वटै स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। निरन्तरको चिसो हावा, शीतलहर, बाक्लो कुहिरो र हुस्सुका कारण जनजीवन प्रभावित हुन थालेपछि स्थानीय तहहरूले विद्यालयमा पठनपाठन स्थगित गरेका हुन्।

स्थानीय तहले बर्खे बिदाबाट कटौती हुने गरी हाललाई दुईदेखि तीन दिनसम्म विद्यालय बिदा दिने निर्णय गरेका छन्। यस सम्बन्धमा जारी विज्ञप्तिमा अत्यधिक जाडोका कारण विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको उल्लेख गरिएको छ।

विगत केही दिनदेखि तराई–मधेस क्षेत्रमा शीतलहर र चिसो हावा चलिरहेको छ। अत्यधिक चिसोका कारण बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित भएका छन्।

प्रकाशित: आइतबार, पौष १३, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय