सरकार प्रतिबद्ध, आयोग तयारीमा, निर्वाचन सुनिश्चित भएको मन्त्री खरेलको दाबी

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक दल र जेन–जी प्रतिनिधिसहित सम्पन्न सर्वपक्षीय बैठकपछि आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आवश्यक वातावरण तयार भइसकेको बताउनुभएको छ।

सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशद्वारा संयुक्त रूपमा पोखरामा आयोजित अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री खरेलले सरकारको स्पष्ट प्रतिबद्धता, निर्वाचन आयोगको तयारी र राजनीतिक दलहरूको सक्रियताका कारण निर्वाचन सुनिश्चित भएको उल्लेख गर्नुभयो।

मन्त्री खरेलले प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोल बनेको भन्दै घोषित मितिमै निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको र यस कार्यमा सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो।

त्यस अवसरमा उहाँले आमसञ्चार माध्यमको भूमिकाप्रति पनि ध्यानाकर्षण गराउँदै जनतालाई सही र सुसूचित जानकारी प्रदान गर्ने जिम्मेवारी अझ गम्भीर बनेको उल्लेख गर्नुभयो। सकारात्मक सोचका साथ निष्पक्ष, सिर्जनशील, विश्वसनीय र तथ्यमा आधारित वस्तुनिष्ट समाचार सामग्री सम्प्रेषण गर्न आमसञ्चारकर्मीलाई उहाँले आग्रह गर्नुभयो।

प्रकाशित: आइतबार, पौष १३, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय