पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनसम्बन्धी आयोगमा बयान दिन सोमबार जाने

काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलन तथा भाद्र २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगमा बयान दिन जाने निर्णय गर्नुभएको छ।

बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले आयोगले घटनासम्बन्धी जानकारी लिन आफूलाई बोलाएको र त्यसअनुसार बयानका लागि उपस्थित हुने स्पष्ट पार्नुभयो।

आयोगले शुक्रबारका लागि बोलाए पनि आफू सोमबार आयोगमा उपस्थित हुने उहाँले जानकारी दिनुभयो। “भाद्र २३ र २४ गतेको घटनाबारे जानकारी लिन आयोगले मलाई बोलाएको छ। मैले बयान दिन जाने निर्णय गरेको छु,” लेखकले सञ्चारकर्मीसँग भन्नुभयो।

प्रकाशित: बिहिबार, पौष १०, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय