त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोह आज, नोबेल पुरस्कार विजेता ताकाआकी काजिता प्रमुख अतिथि

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोह आज आयोजना हुँदैछ। यो समारोह विश्वविद्यालयको इतिहासमा पहिलोपटक नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरिएको अवसर हो।

समारोहमा जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुनेछन। काजिता सन् २०१५ मा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका थिए र वर्तमानमा टोकियो विश्वविद्यालयसँग आबद्ध छन्।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले समारोहका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन्। मण्डप निर्माण, दीक्षित विद्यार्थी र अभिभावकहरूको बस्ने व्यवस्था लगायत सबै तयारी सम्पन्न भएको बताए।

यस वर्ष १६,३०० भन्दा बढी विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुनेछन्। कुल ८९,१९१ विद्यार्थीले स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहमा सफलता प्राप्त गरेका छन्।

समारोहमा विभिन्न सङ्काय र तहमा उत्कृष्ट नतिजा ल्याउने ११ छात्रा र १४ छात्रलाई पदक प्रदान गरिने छ।

प्रकाशित: बिहिबार, पौष १०, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय