आइतबार, आश्विन ०४, २०८३
क्रिकेटर मिनेश थापाको दुर्घटनामा निधन

काठमाडौँ । कोशी प्रदेशका कुशल क्रिकेटर मिनेश थापाको दुर्घटनामा निधन भएको समाचारले सम्पूर्ण क्रिकेट समुदायलाई गहिरो शोकमा डुबाएको छ। नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले यस दुखद घटनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै थापाका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।

सचिव खड्काले यो खबरले सबैलाई स्तब्ध बनाएको उल्लेख गर्दै थापाको असामयिक निधनको खबरले सबैलाई गहिरो दुःख दिएको बताए। उनले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनलाई सामर्थ्य र धैर्यको शुभकामना दिएका छन्।

“अत्यन्तै दुःखद खबर प्राप्त भएको छ। कोशी प्रदेशका प्रतिभाशाली क्रिकेट खेलाडी मिनेश थापाको दुर्घटनामा असामयिक निधन भएको समाचारले हामी सबैलाई गहिरो शोक र स्तब्धतामा पारेको छ। उहाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दछौं। ईश्वरले दिवंगत आत्मालाई शान्ति प्रदान गरून् र परिवारलाई यो अपार दुःख सहन सक्ने शक्ति प्रदान गरून्,” सचिव खड्काले फेसबुकमा लेखेका छन्।

प्रकाशित: बिहिबार, पौष १०, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय