रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन कांग्रेस नेताहरूको सुझाव

काठमाडौँ । नेपाली कांग्रेसका नेताहरूले जेनजी आन्दोलनका समयमा गृहमन्त्री रहेका पार्टी नेता रमेश लेखकलाई पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगमा उपस्थित भई बयान दिन सुझाव दिएका छन्।

आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकमा सहभागी नेताहरूले आयोगबाट आएको पत्रबारे छलफल गर्दै लेखकलाई बयान दिन जान सुझाव दिएका हुन्। बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले यसबारे जानकारी दिए।

प्रवक्ता महतका अनुसार बैठकमा लेखकलाई छानबिन आयोगले पत्र पठाएको विषय उठेको थियो। “नेताहरूले उहाँलाई आयोगमा गएर आफ्ना कुरा राख्न सुझाव दिनुभएको छ,” उनले भने।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले मंगलबार रमेश लेखकलाई पत्र पठाउँदै शुक्रबार बयानका लागि उपस्थित हुन आग्रह गरेको छ।

प्रकाशित: बुधबार, पौष ०९, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय