निर्वाचन आयोगद्वारा छ वटा दल खारेज, दर्ता संख्या १३७ मा सीमित

काठमाडौँ । निर्वाचन आयोगले तोकिएको जरिवाना रकम नबुझाएका छ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (४) अनुसार जरिवाना नतिरेका दललाई सोही ऐनको दफा १२ बमोजिम दर्ता खारेज गरिएको आयोगले जनाएको छ।

आयोगका अनुसार दर्ता खारेज भएका दलहरूमा आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (लोकतान्त्रिक), नेपाल राष्ट्रवादी पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (गौरवशाली) र माओवादी जनमुक्ति पार्टी रहेका छन्।

यी दलहरूको दर्ता खारेजीपछि हाल निर्वाचन आयोगमा दर्ता रहेका राजनीतिक दलको सङ्ख्या १३७ पुगेको छ।

प्रकाशित: बुधबार, पौष ०९, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय