सरकार चुनावमा होमिन उत्साहित भएर अघि बढेको छ : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि उचित वातावरण बनिसकेको बताएका छन्। आज जनमत पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै, उनले सरकारको तर्फबाट मुख्य राजनीतिक दलहरूसँग छलफल गरिसकेको र निर्वाचनका लागि वातावरण तयार भएको जनाएका हुन्।

मन्त्री खरेलले भने, “चुनावको वातावरण तयार गर्न सरकारले मुख्य राजनीतिक दलहरूको पार्टी कार्यालयमा गएर छलफल गरेको छ। जनमत पार्टी निर्वाचनका लागि तयारी अवस्थामा छ। फागुन २१ मा सरकार चुनाव आयोजना गर्नेछ।” उनले थपे, “हामी जति पार्टी कार्यालयमा गएका छौं, सबै दलहरूले चुनावको लागि वातावरण बनाइसकेको र चुनावका लागि तयार रहेको सन्देश दिएका छन्। सरकार उत्साहित भएर अघि बढेको छ।”

सरकारद्वारा गठित राजनीतिक संवाद समितिको तर्फबाट कानूनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री खरेल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालले निर्वाचनको वातावरण बनाउन राजनीतिक दलहरूको कार्यालयमा पुगेर अनुगमन गरिरहेका छन्।

प्रकाशित: बुधबार, पौष ०९, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय