काठमाडौँ । मोरङमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार मिक्लाजुङ गाउँपालिका–१, कोलबोटे बस्ने ५० वर्षीय गणित भन्ने गणेश राईलाई आज दिउँसो पक्राउ गरेको हो ।
गणेश र सोही ठाउँ बस्ने ३० वर्षीय रोमन राईले ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यलाय उर्लाबारीबाट खटिएको प्रहरीले उनीहरूमध्ये गणेशलाई पक्राउ गरेको हो ।
प्रहरीले हाल फरार रोमनको खोजी कार्य जारी राखेको छ ।


