देशलाई अभिभावकको खाँचो छ : शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशलाई एउटा सक्षम अभिभावक आवश्यक रहेको बताएका छन्।

आज काठमाडौँमा कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले आफूलाई संवैधानिक राजतन्त्रको पक्षमा जान सुझाव आउने भएपनि अब त्यो ढिला भइसकेको र त्यसको लागि सबैको सहकार्य आवश्यक रहेको बताए। नेपाललाई राजनीतिक स्थिरता दिने आवश्यकता रहेको उनले जोड दिए।

जेनजी आन्दोलनमा नेपाली अनुहार देखिएको भएपनि त्यसको वास्तविक स्वरूप बुझ्न जरुरी रहेको उनले टिप्पणी गरे। उनले भने, “अहिलेको अवस्थामा जेनजी आन्दोलनमा नेपाली अनुहार त थियो, तर त्यो भित्र नेपाली नै थिए या अरु कोही, यो कुरा बुझ्न जरुरी छ।”

प्रकाशित: मंगलबार, पौष ०८, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय