काठमाडौँ । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ।
आयोगका स्रोतका अनुसार, आयोगले मंगलबार लेखकलाई ७ दिनभित्र बयान दिनका लागि पत्र पठाएको हो। पत्रमा लेखकलाई आयोगमा उपस्थित भएर बयान दिन अनुरोध गरिएको छ। लेखकपछि, आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानका लागि बोलाउने तयारी गरेको छ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको क्षतिको जाँचबुझ गर्न सुशीला कार्की नेतृत्वको सरकारले गौरीबहादुर कार्कीको नेतृत्वमा ३ सदस्यीय आयोग गठन गरेको थियो।


